मेचीनगर । रोटरी क्लव अफ मेचीनगरको आयोजना इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय मेचीनगर १० धुलावारीको सहआयोजना ११३ ओैँ अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चको अवसरमा बुधबार “सकारात्मक सोच(सुन्दर परिकल्पनास शान्तिपूर्ण समाजका लागि सफल योजना” विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थी प्रथम र द्धितिय भए भने तृतिय धुलाबारी मावीका विद्यार्थी बन्न सफल भए । उनीहरुले नगदसहित अन्य पुरस्कार प्राप्त गरे ।
रोटरी क्लव अफ मेचीनगर अध्यक्ष अनन्तप्रकाश वस्तीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले समाजलाई सफल गोरेटोतर्फ डोर्याउन खेलेको भूमिकाको प्रशंसा गरिन् ।
सामाजिक र शैक्षिकक्षेत्रमा रोटरीले थुप्रै गरेको र समाजप्रतिको उत्तरदायित्व बहन गर्न रोटरी सधै अघि हुने उहाँको भनाई थियो । खेलकुद तथा कोभिड १९ का बखत पनि रोटरीले यसको नियन्त्रण र रोकथामकालागि अग्रमोर्चामा रहेको उपप्रमुख उप्रेतीले स्मरण गराइन् ।
कार्यक्रमको ओैचित्य माथि प्रकाश निवर्तमान अध्यक्ष किशोर (कपिल) क्षेत्री र स्वागत मन्तव्य सञ्जिव राईले गरेका थिए । कार्यक्रमको सञ्चालक क्लबका भाईस प्रेसिडेन्ट शर्मिला पाठकले गरेकी थिइन् ।

