समाचार

९ जना नेपाली साउदीमा अलपत्र, नेपाल पठाइदिन हारगुहार

देबु बानियाँ झापा । एक वर्ष अघि साउदीमा पुगेका ९ जना नेपाली २ महिनादेखि अलपत्र अवस्थामा रहको छन् । उनीहरुले आफुहरुलाई नेपाल पठाइदिन हारगुहार गरिरहेका छन् । उनीहरुलाई कम्पनीले कामबाट निकालेपछि ५ दिनदेखि बन्द कोठामा बन्दी सरह बस्दै आएका छन् ।
अलपत्र पर्नेहरुमा झापा मेचीनगर ५ का सुनिल, मकवानपुर हेटौडाँका दिलबहादुर भोलन, पुनरबास ९ कन्चनपुरका देबबहादुर लोहार, मोरङ अ्मरदहका बिजय थापा, बाहुनडाडा ४ लमजुङगका धनबाहादुर भुजेल, ६ आदासपुत्वाल ४ बाराका जाबेत हुसेन, लमहि ५ दाङका लेलिनप्रकाश रावत र जपे २ दोलखा बिकेन्द्र थापा रहेका छन् ।
हाउस किपिङ फिसामा काम लगाइदिने भन्दै इन्सपायर इन्टरनेश्नल मेनपावर काठमाडौले साउदी पुरयाए पनि उनीहरुलाई होटल र प्लाइ फ्याक्ट्रीमा काम लगाइएको थियो । त्यसमा पनि समयमा पैसा नदिने र पैसा माग्दा काम छोडेर जान धम्कि दिँदै आएको थियो । उनीहरुले मेनपावरलाई जनही १ लाख १५ हजार देखि देखि १ लाख ५० हजार सम्म तिरेर सो कम्पनीमा भन्दै गएका थिए । ‘हामी अहिले जीवन र मृत्युको दोसाधमा छौँ’ साउदी बाट सुनिल कटुवालले भिडियो कलमा गुहार माग्दै भने–‘दुई दिनभित्र कोठा छोडेर नगए मार्ने धम्की दिएको छ । यो अवस्थामा हामी कहाँ जाने खोजीमा पैसा छैन । अलि अलि भएको पनि सकिसक्यो । हामी नेपाल आउन पायौँ भने भयो ।’
केही दिन अघि अलपत्र परेको विषयलाई सामाजिक सञ्जालमा पोष्ट गर्दा कम्पनीको म्यानेजर महमद श्रीले कोठामै आएर सुनिल कटुवाललाई कुटपिट समेत गरेका छन् । उनले कुटपिटकै क्रममा तुरुन्त कोठा छाड्न धम्कि दिएका कटुवालले बताए ।
‘जसरी हुन्छ हामी नेपाल जान चाहान्छौँ’ उनीहरुले रुदैँ भने यहाँ बसिरहने हो भने हाम्रो लास पनि आउँछ आउँदैन टुङ्गो छैन ।’