स्वास्थ्य

झापामा ४८ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु

झापा, बैशाख २२ । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा आज विहान एक ४८ बर्षिय उप्रेती थरका पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

४ दिनअगागि कोरोना संक्रमण देखिएपछि बिराटनगर उपचारका लागि लगिएकोमा उहाँको उपचारकै क्रममा विराटनगरमा आज विहान उपचारकै क्रममा मृत्यु भएको मृतकका छिमेकी तथा कनकाई नगरपालिकाका कर्मचारी हरि पौडयालले बताउँनुभयो । मृतक उप्रेती नयाँ बस्ती निवासी हुनुहुन्छ ।

कोरोना कहरका कारण जिल्लाले लक डाउन गर्नुपुर्वनै कनकाई नगरपालिकाले सबै सेवा तथा क्षेत्र बन्द गरिसककेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउँनुभयो ।