बाहुण्डाँगी । सुरुङ्गा जेसीजद्धारा मनोसामाजिक समस्य तालिम सम्पन्न भएको छ । जेसीजको सचिवालयमा सम्पन्न तालिममा सुरुङ्गाका ४ वटा विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरुहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रशिश्रक केशव खुलाल बस्नेतले गर्नु भएको थियो । तालिममा कनकाइ माध्यमिक विद्यालय, हरिकुल नमुना अंग्रेजी स्कुल, पशुपति अंगेजी माध्यमिक विद्यालय, झापा मेरीगोल्डका विद्यार्थीहरु सहभागि भएका थिए ।

शाखाका अध्यक्ष प्रविण तिम्सिनाको सभापतित्व तथा शिक्षासेवी डाक्टर पुण्यप्रसाद सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष शिव कडेँल तथा बोर्डका सदस्यहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको औचित्य पूर्ण श्रेष्ठले गरेका थिए । मुक्ता कार्कीले स्वागत गरेको कार्यक्रमको सचिव विवेक सिवाकोटीले सञ्चालन गरेका थिए ।







