बाहुण्डाँगी । हेटौँडा लेडी जेसीजले जेसीज गाउँमा झुल, सेनीटरी प्याड र हार्पिक वितरण गरेको छ । मंगलवार हेटौडाँ उपमहानगरपालिका वडा नम्बर १ बाँझो डाँडामा रहेको जेसीज गाउँमा पुगेर त्यहाँ आवश्यक सामाग्री वितरण गरेको हो ।

शाखाकी अध्यक्ष दिलमाया घर्ती (दिलु) को सभापतित्व तथा हेटौडाँ उपमहानगरपाकिला वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौँपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रम सफल बनाउन हेटौँडा जेसीजका निवर्तमान अध्यक्ष पवन कंशकार र पूर्व अध्यक्ष राजदेव बानियाँले सहयोग गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य इश्वरी रसाइली, हेटौडा जेसीजको कार्यकारिणी उपाध्यक्ष जेसी बिकेश लाल श्रेष्ठ, वडा सदस्य ज्यु हरु रामकृष्ण अधिकारी, सोनाम सिं भ्लोन, मनु दाहाल उपस्थित हुनु भएको थियो।
कुशु पिण्डित कार्यक्रम संयोजक रहेको कार्यक्रमको सञ्चालन महासचिव सरस्वती थिङले गर्नु भएको थियो ।








