समाचार

मलामी गएर घर फर्किरहेका २३ जनाको नाइजेरियनमा गोली हानी हत्या

काठमाण्डौं, श्रावण १२ । नाइजेरियाको आतंकवादी संगठन बोको हरामका बन्दुकधारीहरुले बोर्नो राज्यमा मलामी गएर घर फर्किरहेका २३ जनाको हत्या गरेका छन् ।
मैदुगुरी नजिक एक जना नातेदारको अन्तिम संस्कारमा सहभागी भएर फर्किरहेका एक पुरुषको समूहमाथि शनिबार मोटरसाइकलमा आएका आक्रमणकारीहरुले गोली चलाएका थिए’, स्थानीय मिलिशिया नेता बुनु बुकर मुस्तफाले भने ।
मुस्तफाले घटनास्थलबाट २३ जनाको शव प्राप्त भएको जानकारी दिएका छन् । बोको हरामका बन्दुकधारी समूहले पटक– पटक नागनजाई जिल्लामा आक्रमण गर्दै आइरहेका छन् । गएको सेप्टेम्बर महिनामा पनि स्थानीयले आफ्ना घरपालुवा जनावर दिन नमानेका कारण आठ जनाको हत्या गरेका थिए ।
बोको हराम र उसको इस्लामिक स्टेट अफ् इराक र लेवन्त समर्थित आईएसडब्ल्यूएपी स्प्लिन्टरले बितेका केही महिनामा नागरिक र सैन्य शिविरमा आक्रमण बढाएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published.