मेचीनगर । मेची उद्योग बाणिज्य संघको आयोजनामा एक दिवशीय निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बाणिज्य संघले मेचीनगर–२ स्थित भृकृटी चाैकमा आयोजना गरेको आँखा शिविर तथा औषधि वितरण कार्यक्रममा करिव ३ सय १५ जना आँखाका विरामीले सेवा लिएका थिए ।

आज बिहान ९ वजेदेखि सुरु भएको शिविर दिउसो ४ बजेसम्म सञ्चालन गरिएको थियो । शिविरमा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग र वडा कार्यालयले समन्वय गरेको थियो ।
शिविरमा ६ वर्षका बालबालिकादेखि ८६ वर्षका वृद्ववृद्वाहरुले समेत सो सेवा लिएको बाणिज्य संघका कार्यकारी प्रमुख गोपाल वस्नेतले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, वडाध्यक्ष दिपक बराल, विभिन्न संघसंस्था तथा राजनितिक दलका प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो । शिविरमा १५ हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको वस्नेतले बताए ।

