मेचीनगर । मेची उद्योग वाणिज्य संघले पूर्वी नाका काँकरभिट्टाबाट मालसामान आयत-निर्यात सम्बन्धी सरोकारवालाहरुसंग छलफल सम्पन्न गरेको छ ।
व्यवसायीहरुको अभिभावक संस्था मेची उद्योग वाणिज्य संघले संस्थाको सभाहलमा आइतबार पूर्वी नाका स्थित मेची भन्सारबाट सामानहरु आयत- निर्यातलाई कसरी अझ प्रभावकारी बनाउँदैं राज्यलाई कर पनि उठाउँने व्यापारीहरुलाई पनि सहज रुपमा मालसामान ल्याउन लैजान वातावरण सृर्जना गर्ने भन्ने बिषयमा सम्बन्धित सरोकारवाला निकायका प्रमुखहरुसंग छलफल गरिएको मेची उद्योगा वाणिज्य संघका कार्यालय प्रमुख गोपाल बस्नेतले बताए ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष ख्यामराज प्रसाईको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, मेची भन्सार प्रमुख रामप्रसाद रेग्मी, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, सशस्त्र प्रहरी २ नं गण प्रमुख एसपी अर्याल, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजाललगायतका जिम्मेवारी निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष भूमि पौडेलले गरेका थिए भने, सञ्चालन महासचिव दिनेश साक्यले गरेका थिए ।

