काठमाडौं । आज २०८० साल भदौ २६ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – शिक्षाको लगानी उठ्ने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। प्रेममा सफलता मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – दिन राम्रो छ। नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार व्यवसायमा उन्नति हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – पुराना साथीसँगको भेटले मन खुसी हुनेछ। रोग बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – रोगबाट मुक्ति मिल्नेछ। शत्रु परास्त हुनेछन्। राजनीति क्षेत्रमा निकै राम्रो छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – खर्च बढ्नेछ। पठनपाठनमा ढिलासुस्ती देखिने छ। साथीभाइबाट सहयोग पाउने योग छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – बोलीमा ख्याल गर्नुपर्नेछ। रोगको प्रकोप बढ्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – शत्रु र रोगबाट मुक्ति मिल्नेछ। शब्दमा ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा फाइदा मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – रोगबाट मुक्ति मिल्नेछ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आकस्मिक लाभ मिल्नेछ। पुरानो फसेको भनिएको पैसा उठ्ने देखिन्छ।

