मेचीनगर । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा राष्ट्रिय युवा संघ नेपाल मेचिनगर कमिटीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बिहिबार साझ युवा संघ नेपाल मेचीनगर कमिटीले धुलाबारी मोडमा स्वर्गिय नेम्वाङलाई सम्झदै श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
नेकपा एमाले क्षेत्रीय संयोजक टिकाराम मग्रान्तीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा एमालेका युवा नेता तथा मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश सदस्य रबिनसन थापामगर, संगिता मेचे, जिल्ला सदस्यहरु बिबेक खवस, श्याम सिवाकोटी, सञ्जय मेचे, लक्ष्मण बानियाँ, नेपाल खेलकुद माहासंघ जिल्ला सदस्य, गणेश कार्की राष्ट्रिय युवा संघ नेपालका पूर्व जिल्ला कमिटि सदस्य राजु धिमाललगायतको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीका अध्यक्ष सुनिल राजवंशीको अध्यक्षतामा आयोजना भएको श्रद्धाञ्जली सभाको सञ्चालन सचिव राकेश खवासले गरेका थिए ।

