संघ \संस्था

काँकरभिट्टामा यातायात कार्यालयको हेल्प डेस्क

झापा । नेपालको पूर्वीद्वार काँकरभिट्टामा यातायात व्यवस्था कार्यलय विर्तामोडले चाडपर्व लक्षित हेल्प डेस्क स्थापना गरेको छ । खास गरी दशैँ तिहार लगायतका चाड पर्वमा भारतबाट नेपाल प्रवेश गरी देशका विभिन्न ठाँउहरुमा यात्रा गर्ने सर्वसाधारणलाई मध्यनजर गरी डेस्कको स्थापना गरिएको हो ।

काँकरभिट्टाबाट विभिन्न ठाँउहरुमा जाने मानिसहरु नठगिउन र गुणस्तरिय यात्रा तय होस भन्ने उद्धेश्यले सार्वजनिक तथा निजि यातायात प्रयोग गर्ने सबैको सहजताको लागि उक्त डेस्क स्थापना गरिएको हो । सार्वजनिक सवारीले बढी भाडा अशुल्ने, क्षमता भन्दा बढी मानिसहरु हाल्ने, असुरक्षित यात्रा गराउने लागायतको गुनासाहरु अघिल्ला वर्षहरुमा आउने भएकोले त्यस्तो समस्या निराकरणको लागि डेस्कको स्थापना गरिएको यातायात व्यवस्था कार्यालयका प्रमूख पदम कट्टेलले जानकारी दिए । उनले गत सालहरुमा भन्दा यस वर्ष डेस्कले प्रभावकारी कार्य गर्ने समेत बताएका छन् ।

डेस्कले अस्थाइ ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टा, मेची बस व्ययसायि संघ प्राली लगायत अन्य यातायात व्यवसायीहरुसँगको समन्वय तथा सहकार्यमा काम गर्ने बताइएको छ । डेस्कमा यातायात व्यवस्था कार्यालय झापाको प्रतिनिधि रहने छन् । कार्यालयको प्रतिनिधिले यात्रुहरुलाई आवश्यक सहयोग, परामर्श गर्ने साथै सार्वजनिक यातायातको साधनहरुको अनुगमन, नियमन लागायतको कार्य गर्ने बुझिएको छ ।