भद्रपुर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको चन्द्रगढीमा संस्था अन्तर्गत आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ ।
नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड चन्द्रगढी उपशाखा कार्यालयको एक कार्यक्रमका बिच बिहिबार भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोख्रेल र नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय विराटनगर प्रमुख विनोदकुमार पोख्रेलले संयुक्त रूपमा समुदघाटन गरेका हुन् ।

समुदघाटन कार्यक्रममा नगर प्रमुख पोख्रेल, नेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यालय विराटनगर प्रमुख पोख्रेलसहित भद्रपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, ८ का वडाध्यक्ष गौरव लिम्बू (मनोज) लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्दै मानिसहरूको जीवनमा बिमाको महत्त्वपुर्ण भूमिका रहेको बताए । मानव जीवनको जोखिमपूर्ण समयमा बिमाले थप सहजता प्रदान गर्ने गरेको उनीहरूको भनाइ छ ।
मानव जीवनको जोखिमपूर्ण समयमा यस संस्थाले डिजिटल प्रविधिबाट सहजरूपमा आफ्नो सेवा प्रदान गर्ने गरेको उनीहरूले बताए ।
नयाँ अवधारणा अनुसार पहुँच नपुगेका, पिछडिएका, सिमान्तकृत तथा विपन्न वर्गका लागि पहिलो प्राथमिकता राखेर जनताको सेवामा सक्रिय हुँदै आएको यस गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स आगामी दिनमा समेत जनता प्रति थप उत्तरदायी भएर जानुपर्ने उनीहरूको भनाइ छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका केन्द्रीय नायव कार्यकारी अधिकृत (डिसिइओ) ज्योति प्रकाश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चन्द्रगढी उपशाखा प्रमुख नारायण दंगालले गरेका थिए ।




