कमल। प्याब्सन कमलको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर १४ र १५ गते हुने भएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि प्याब्सन कमलले दुई दिने सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
कमल गाँउपालिका भरिका १९ वटा संस्थागत विद्यालको सहभागिता रहने सांस्कृतिक कार्यक्रम भव्य तथा सब्य रुपमा सम्पन्न गर्ने तयारी गरिएको प्याब्सन कमल सांस्कृतिक कार्यक्रम संयोजक त्रिलोचन गौतमलेले जानकारी दिए । उनले उक्त सांस्कृतिक कार्यक्रम कमल-४ स्थित फोनिक्स अंग्रेजी स्कूलमा आयोजना हुने बताए ।

नृत्य तथा गायनमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सहभागी बिद्यार्थीको प्रतिभा फरक फरक हुने हुँदा बिद्यार्थीहरूको क्षमता र प्रतिभाको मुल्याङकन गरी प्रथम, दोस्रो र तेस्रो हुने स्कूल तथा सहभागीहरूलाई ट्रफि, मेडल र प्रमाणपत्र द्वारा सम्मान गरिने कमल प्याब्सन अध्यक्ष वदीराम राईले बताएका छन् । नृत्य र गायन प्रतियोगितामा कमल गाँउपालिका भरिका करिव ३०० बिद्यार्थीको सहभागिता रहने उनले बताए ।
सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न दुई लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको प्याव्सन कमल कोषाध्यक्ष राम लिम्बुले बताए ।

