संघ \संस्था

नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाकाे अध्यक्षमा पुन: मेचे निर्वाचित

बिर्तामाेड । नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाको ९ औं अधिवेशनबाट संघको अध्यक्षमा दोस्रो कार्यकालको लागी महेशलाल मेचे निर्वाचित भएका छ्न ।

उनले आफ्ना प्रतिद्वन्दी पुन्य प्रसाद भट्टराईलाई ३ मतको अन्तरले पराजित गरेका हुन । मेचेले ३९ मत प्राप्त गरेभने भट्टराईले ३६ मत प्राप्त गरेभने १३ मत बदर भएको थियो ।

निर्वाचन समिति संयोजक दिपक सुबेदीले दिएको जानकारी अनुसार अरु सबै पदमा सर्वसम्मत चयन भएको थियो । उनका अनुसार उपाध्यक्षमा दिनेश चन्द्र भट्टराई,डेनु मगर र भिम निरौला सर्वसम्मत भएका छ्न ।

त्यसैगरी सचीवमा खगेन्द्र रिजाल, सहसचिवमा लक्ष्मी सापकोटा र कोषाध्यक्षमा दधिराम आचार्य चुनिएका छ्न भने कार्यसमिति सदस्यमा बिस्णु घिमिरे, राम कुमार गिरि, नारायण बराल र दौलत गिरि ( विन) सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

मेची शाखामा मात्रै १०० भन्दा बढी सदस्य रहेकोमा मंगलबार साझ सम्पन्न निर्वाचनमा ८८ जनाले भाग लिदै अध्यक्षलाई मतदान गरेका थिए ।