संघ \संस्था

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेची शाखाको अध्यक्षमा महेश मेचे उम्मेदवार

झापा । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेची शाखाको अध्यक्षमा पुनः महेश मेचेले उम्मेदवार दिने भएका छन् । एक कार्याकाल सफतापूर्वक निर्वाह गरिसकेका मेचेले पुनः एक कार्यकाल दोर्याउन उम्मेदवारी दिने भएका हुन् ।

मंगलबार विर्तामोडा हुने नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेची शाखाको ९औं अधिवेशन तथा ११ वार्षिक साधारणसभा आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने मेचेले बताए ।

युवा व्यवसायी माझ लोकप्रीय रहेका मेचेले आफ्नो एक कार्याकाल कुशलतापूर्वक सबै व्यवसायीहरुको हितमा सहकार्य गरेर अगाडी बढेको मेची शाखाका अन्य पदाधिकारीहरु नै बताउँछन् ।

भोलि हुने अधिवेशनमा अध्यक्ष पदमा मेचेसंगै वर्तमान उपाध्यक्ष पुन्य प्रसाद भट्टराईको पनि उम्मेदवार रहने बुझिएको छ ।