अन्य

झापा: थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु

झापा । झापाको झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका- २ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आज बिहान करिब ५ बजे स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए।

सोही क्रममा टुडु थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ। घटनापछि ट्याक्टर चालक फरार रहेको र प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।