काठमाण्डौं, भाद्र ४ । सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरण मुछिएका न्युज २४ का चर्चित सञ्चारकर्मी रवि लामिछानको मुद्दामा विधुतीय प्रमाण किर्ते गर्नेहरुविरुद्ध काठमाण्डौंस्थित टेकुको महानगरीय प्रहरी परिसरमा जाहेरी दर्ता हुने भएको छ । लामिछानेकी श्रीमती निकिता पौडेलले बिहीबार जाहेरी दर्ता गर्ने भएकी हुन् ।
पुडासैनी आत्महत्यामा मुछिएका लामिछानेविरुद्ध साउन ३० गतेबाट लागू हुने गरी अनुसन्धानका लागि भन्दै पाँच दिन म्याद थपिएको थियो । अनुसन्धान नसकिएको भन्दै जिल्ला अदालत चितवनले मंगलबार थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । लामिछानेसहित पत्रकार युवराज कँडेल र पुडासैनी आत्महत्या प्रकरणमा मुछिएकी युवती अस्मिता कार्कीसमेत थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।


