मेचीनगर । विजय दशमीको अवसर पारेर झापाको मेचीनगर १०, नागरिक चौकस्थित भाष्कर हरि ज्योति किर्तन मण्डलीले असोज १७ गतेदेखि श्रीमद् देवि भागवत महापुराण नवाह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।
बिहीबारदेखि सञ्चालन हुने श्रीमद् देवि भागवत महापुराण नवाह ज्ञान महायज्ञ आगामी असोज २५ गते समापन हुनेआयोजकले जनाएको छ ।
आयोजक समितिका विजय भट्टराईका अनुसार पहिलो दिन कलशयात्रा सहित मण्डप पुजा गरिने छ भने १८ गतेदेखि २५ गतेसम्म दैनिक • विहान ५:३० बजेदेखिः दुर्गा पूजा तथा चण्डी पाठ, बिहान ६:३० बजेदेखि १०:३० बजेसम्म मूल पाठ पारायण
• विहान १०:३० बजेदेखि ३:०० बजेसम्मः कथा प्रवचन
• रात्री ७ बजेदेखि २ बजेसम्मः महात्म्य, ज्ञानमञ्च, भजन तथा झाँकी प्रस्तुति • मिति २०८१ आश्विन २४ बेलुका ५ः३० बजे लक्ष्यदिप प्रज्वलन
• मिति २०८१ आश्विन २५ ३ बजे समापन तथा प्रसाद वितरण
• मिति २०८१ आश्विन २६ विहान ७ बजे प्रतिमा विसर्जन तथा जमरा वितरण कार्यक्रम रहेको छ ।

