संघ \संस्था साहित्य

देवकोटा पार्कले भव्य रूपमा मनायो महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती

मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा रहेको देवकोटा पार्कले नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती भव्यरूपमा मनाएको छ । आज एक भव्य समारोहबीच देवकोटा पार्क व्यवस्थापन समितिले महाकवि देवकोटाको जन्म जयन्ती मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रविन कोइरालाले महाकवि देवकोटाले साहित्यको क्षेत्रबाट नेपालीलाई विश्वभर चिनाउने काम गरेको बताए । Read More…

खेलकुद

उपाधि जित्ने नेपालको धोको अधुरै, बाङ्लादेशसँग २–१ ले पराजित

काठमाडाै । बाङ्ग्लादेशले पुनः नेपालको उपाधि जित्ने सपना चकनाचुर पार्दै दशरथ रङ्गशालामा उपस्थित १५ हजार बढी दर्शकमाँझ नेपाललाई २-१ ले पराजित गर्दै लगातार दोस्रो पटक उपाधिमा कब्जा जमायो। १२ औँ पटक अन्तर्राष्ट्रिय फुटबलको फाइनल खेले पनि हरेक पटक पराजित हुँदा नेपाली खेलाडीहरूमा चरम निराशा देखिएको थियो। महिला साफ च्याम्पिएनसिपकाे सात संस्करण मध्ये नेपालले ६ संस्करणको फाइनल खेलेको थियो।समग्रमा Read More…

साहित्य

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता Read More…

धर्म संस्कृती

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन, बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना

काठमाडौं । तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी लाग्छ। ‘लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले बिहीबार नै लक्ष्मीपूजा परेको हो’, समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भने। Read More…

धर्म संस्कृती मनोरञ्जन

नेपाल सम्बत ११४५ को अवसरमा मेचीनगर –८ मा सांस्कृतिक कार्यक्रम आयोजना हुने

मेचीनगर । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा मेचीनगर –८ मा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । साँस्कृतिक सम्पदा पुर्खाको पौरख, नेपाल सम्बत राष्ट्रिय गौरव भन्ने मुल नाराका साथ नेवा: देय् दवू मेचीनगर – ८ वडा समितिको आयोजनामा हुन लागेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारदेखि बिभिन्न जातजातिको जातीय नृत्य, संगिनी नृत्य, बालन प्रस्तुत हुने Read More…

खेलकुद

साफ महिला च्याम्पियनशिप : उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्दै

काठमाण्डौं  । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० Read More…

धर्म संस्कृती

आज काग तिहार मनाइँदै

काठमाण्डौं  । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ Read More…

संघ \संस्था

मेची कृषक बहुमुखी सहकारीको क्षेत्रगत साधारण सभा सम्पन्न

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारणसभा मंगलबार सम्पन्न भएको छ ।आइतबारबाट क्षेत्रगत रुपमा सुरु भएको २५ औं वार्षिक साधारण आज सम्पन्न भएको हो । मंगलबार क्षेत्र नम्बर ३, ४ र ५ को संयुक्त साधारण सभा मेचीनगर – ७ स्थित विष्णुलक्ष्मी मन्दिरको सभाहलमा सम्पन्न भयो । सभामा मेचीनगर वडा नम्बर ६ र ७ र Read More…

संघ \संस्था

स्थानीय सेवा ऐनमा छुट भएका बिषयहरु समावेश गर्न प्रदेश सरकारसंग एशोसिएसनको माग

जलेश्वर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको पाचौं केन्द्रीय कार्यसमितिको पूर्ण बैठक अध्यक्ष डम्बर रोंगुको अध्यक्षतामा सम्पन्न भएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं। २ स्थित महोत्तरी जिल्ला समन्वय समितिको सभा हलमा कार्तिक ९ र १० गते बसेको उक्त बैठकमा जलेश्वर नगरपालिका प्प्रमुख सुरेश साह सोनारको प्रमुख आतिथ्यता तथा सोहि पालिकाका उपप्रमुख रोसन Read More…

समाचार

मेचीनगरकी सर्मिलाको हत्या अभियोगमा फरार श्रीमान कतारबाट पक्राउ

झापा । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर साविक युँ गाविस-५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । झापा मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्यामा संलग्न रही Read More…