खेमराज थाम्सुहाङ्ग
झापा । यो शब्द र यसको स्वाद हामी नेपालीभित्र अतिनै गाडिएको देखिन्छ । जसको कारण सन्नटाबाट शुन्यतामा झरि तितो परिणामको फल भोगिरहेका छौँ, देखेका पनि छौँ ।
यसकै कारणबाट प्रथम विश्वयुद्ध पनि भएको हो । वर्तमानमा प्रमुख दलका भ्रष्ट्र नेताहरुको पनि अवस्था हेरौँ, आउने नयाँ पुस्ता पनि देखिन्छ । भने यसले समाजमा जरा गाडेको भेटिन्छ ।
जसको अर्थ, कुनै पनि व्यक्तिले आफ्नो कमि कमजोरी नदेख्नु, आफ्नो समुह वा समुदायको गल्ति साधारण÷सानो लाग्नु, कसैले देखाइदिएमा उल्टै आक्रोसित र बदलाको भावना लिनु, सामूहिक र बहुमतले भौतिक रुपमा दवाउनु, कुनै एक शक्षम र असाल व्यक्ति भएमा जाति, धर्म, रंग र रुप केही खोट देखाएर हो–हल्लाको शिकार भनाई अल्पमतमा पार्नु, प्राकृतिक हिसावले स्वचालित हुनु भन्दा पनि अ–प्राकृतिक ढङ्गबाट परिचालितको कारण ठूल–ठूला दुर्घटनामा टुङ्गिएको देखिन्छ ।
‘उघ्रपन्ती भन्दा पनि अझ भडकाउ उघ्रपन्ती देखिन थालेको छ ।’ यसको परिणाम एउटा व्यक्तिको कारण डल्लै परिवार, समाज, समुह र देशलाई नै असर पार्न सक्छ ।