स्वास्थ्य

चारआलीमा निःशुल्क आँखा शिविर सम्पन्न, २७५ जनाले लिए स्वास्थ्य सेवा

चारआली । झापाको चारआलीस्थित प्रतिभा युवा क्लबको आयोजना तथा मेची नेत्रालय को प्राविधिक सहयोगमा सञ्चालन गरिएको एकदिवसीय बृहत् निःशुल्क आँखा शिविरबाट २७५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

क्लबका उपाध्यक्ष भोजराज पराजुलीका अनुसार शनिबार आयोजित शिविरमा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । शिविरमा आँखासम्बन्धी परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क प्रदान गरिएको थियो ।

सेन्टपल्स स्कुल चारआलीमा सम्पन्न शिविर प्रतिभा युवा क्लबका अध्यक्ष अजय आले मगरको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन सचिव हिरा परियारले गरेका थिए ।

शिविरमा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीहरूको समेत उपस्थिति रहेको थियो ।