कला

दिलमायाको अनुरोध प्लिज भोट मी

झापा, असोज २४ । नेपाल टेलिभिजनबाट प्रसारित रियो छमछमी ४ को फाइनल राउन्डमा पुगेकी बुद्धशान्तिकी दिलमाया लिम्बुले अब अन्तिम पटक भोट गरिदिनु हुन सम्पूर्ण देश तथा विदेशमा रहनु भएका नेपाली माझ अनुरोध गरेकी छिन् ।

प्रदेश नं. १ को एक मात्र प्रतिनिधी उनी असोज १८ गते फाइनल राउन्डमा पुगेकी थिइन् । कात्तिक ९ गते हुने फाइनल राउन्डको उपाधी उचाल्न उनलाई असोज १९ गते देखि कात्तिक ९ गते सम्म भोट गर्न सकिने दिलमाया जिताउ अभियानका संयोजक ज्ञानु सुब्बाले बताएका छन् ।

बुद्धशान्ति स्थायी घर भएकी उनी हाल बिर्तामोडमा बसेर सोरठी कला केन्द्र सञ्चालन गर्दै आएकी छन् । झापा जिल्ला नृत्य कलाकार संघको सदस्य तथा बिर्तामोड नृत्य कलाकार संघका कोषाध्यक्षसमेत रहेकी दिलमाया सानै उमेरबाट नृत्यमा अब्बल रहेको उनका आफन्तले बताएका छन् । प्राय समाजमा भए हुने गरेका समसामयिक विषयबस्तुलाई नृत्य मार्फत उतार्ने र सचेतना फैलाउन मायर रहेकि दिलमाया नृत्यबाट पनि समाजलाई सहि दिशामा डोर्याउन सकिने सबै माझ सन्देश फैलाइरहेकी छिन् ।

उनलाई भोट गर्न मोबाइलको मेसेज बक्समा गई सीसी लेखेर एक स्पेस छाडेर ०३ टाइप गरी ३१००९ मा म्यासेज पठाउन सकिनेछ । साथै उनलाई भोट गर्न रियो छमछमिको एप्लीकेशन डाउनलोड गरेर देश विदेश बाट पनि भोट गर्न सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.