काठमाण्डौं, असोज २४ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ३० जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार, भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको २७१५ नम्बरको बस दुर्घटनामा परेको हो ।
५० जनाभन्दा बढी सवार बस दुर्घटनामा परि घाइते हुनेहरूको संख्या यकिन गर्न नसकिए पनि करिब ३० जनाभन्दा बढी घाइते भएको अनुमान गरिएको बताए । अहिले उद्दारका लागि प्रहरी तथा सुरक्षाकर्मीहरू लागिरहेका छन् । घाइतेहरूको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरूको उद्दारका लागि हेलिकप्टर तथा एम्बुलेन्स परिचालन गरिएको उनले जानकारी दिए ।



