मकवानपुर, असोज ३० । आपसी झगडाका कारण मकवानपुर बकैया गाउँपालिका–३ मा एक व्यक्तीले बञ्चरोले अन्धाधुन्ध आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । साथै अन्य दुई जना घाइते भएका छन्।
बुधबार राति भएको झगडामा ५० वर्षीय सुक बहादुर पाख्रिनले अन्धाधुन्ध बञ्जरोले आक्रमण गरी सन्तमाया लोकोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आक्रमणबाट सन्तमायाका श्रीमान् कुलबहादुर लोको र दिवी माया मोक्तान गम्भीर घाइते भएका छन् । उनिहरुको चुरेहिल अस्पताल, हेटौंडामा उपचारका भइरहेको प्रहरीले जनाएको छ।
पाख्रिनलाई पक्राउ गरी प्रहरीले सोधपुछ तथा अनुसन्धान अघि बढाएको जनाएको छ।

