झापा/ आज भएको झापा गोल्डकप फुटबल प्रतियोगिता २०७५ चौथो संस्करणको उदघाटन खेलमा आयोजक झापा ११ ले विजयी सुरुवात गरेको छ ।
झापाको डोमलाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाले सहारा क्लब पोखरालाई २–० ले हरायो । झापाको जितमा सन्जोग राई र विदेशी खेलाडी काजिन बुखारीले गोल गरे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने झापा ११ का सन्जोग राई म्यानअफद म्याच घोषित भए । उनलाई उद्घाटन कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामीला तथा गृह मन्त्री हिकमत कार्कीले नगद रु पन्द्र हजार प्रदान गर्नु भयो ।
प्रतियोगितामा भोलीको खेल शसस्त्र प्रहरीको एपीएफ र मोरङ ११ बीच खेल हुनेछ । फाल्गुण २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँ नगद सहित ट्रफी प्राप्त गर्ने आयोजकले बताए ।

