अर्थ

सामुहिक लोकल कुखुरा पालन गर्दै मेचीनगरका युवा

झापा, मंसिर १२ । स्वदेशमा रोजगार छैन भन्दै जिवन यापनका लागि हाम्रो समाजका अधिकांश युवाहरु विदेश पलायन हुने क्रम दिन प्रतिदिन बढ्दो छ । तर विदेशमा पनि भने र सोचे जस्तो सजिलो छैन । धेरै दुःख कष्ट सहदै घण्टा, दिन, हप्ता, महिना गर्दै बर्ष कटाउनुको पिडा तब मात्र बल्लतल्ल साहुको ऋण तिर्न पुग्छ । अनि घरव्यवहार मिलाउदा त आफ्नो जिवन नै समुन्द्र पारीको पराई देशमा नै बित्ने गर्दछ ।

तर मेचीनगर–३ पहलेधापका युवाहरु भने सामुहिक कृषि फार्म सञ्चालन गर्दै कृषिमा आत्मनिर्भर भई ब्यवसायीक हुन यतिबेला कम्मर कसेर लागि परेका छन् ।

मेचीनगर–३ स्थित पहलेधापका विशाल सुनुवार, अर्पण सुनुवार र सागर तामाङ्गले संयूक्त रुपमा करिब ५ लाखको लागतमा दौतरी कृषि फार्म सञ्चालन गरी व्यवसायीक लोकल कुखुरा पालन गरिरहेका छन् ।

अहिले यी तीन युवाको दैनिकी यहि फार्ममा नै बिन्ते गरेको छ । स्वदेशमा नै केही गर्ने योजना अनुरुप सामुहिक रुपमा यस व्यवसाय सुरु गरेको विशालले बताए ।

पहिलो चरणमा कुखुरापालनलाई अगाडी बढाएका छौं आगामी दिनमा यो संगै व्यवसायीक सब्जी खेती र माछापालन पनि गर्ने योजना रहेको सागर बताउछन् ।

र्फाममा अझ लगानी बढाउदै आफु संगै अरु स्थानियलाई पनि रोजगारी दिने भावि योजना रहेको अर्पण बताउछन् ।

Leave a Reply

Your email address will not be published.