बाहुण्डाँगी, माघ १० । कालिका जेसीजले भब्य समारोहका बिच संस्थाको प्रथम पदस्थापन तथा पुरस्कर बितरण कार्य सम्पन्न गरेको छ ।
२०२१ का लागि नबनियुक्त अध्यक्ष जेसि सन्देश रेग्मिलाइ कार्यभार हस्तान्तरण गरि पद तथा गोपनियताको सपथ गराइएको थियो । अधिबेशनका लागि निर्बाचन आयुक्त को रुपमा रहेका बिसहजार जेसिजका पुर्ब अध्यक्ष जेसि सन्तोष मजाकोटिले बर्ष २०२१ को लागि नब नियुक्त कार्यसमिति को घोषणा गरेका थिए ।

बर्स २०२१ को लागि आफ्नो अध्यक्ष पद स्वीकार गरेको मन्तव्य राख्दै नब नियुक्त अध्यक्ष जेसि सन्देश रेग्मिले आफ्नो कार्य योजना अघि सारी संस्था को उचाई लाई बढाउनको लागि आफू रात दिन लागि पर्ने , सरकारी निकाय सङ्ग समन्बय गरि संस्था लाई गति दिने , सामुहिक बिकासमा जुट्ने र सबैलाई मिलाएर लैजाने बताएका थिए ।

संस्था को संस्थापक अध्यक्ष जेसि नगेन्द्र तिमलसिनाको अध्यक्षतामा गरिएको कार्यक्रमको प्रमुख अतिथी नेपाल जेसीज वर्ष २०२१ का अध्यक्ष सिनेटर अरुणेश्वर खनालको रहेको थियो । राष्टिय अध्यक्ष खनालले स्थापनाको पहिलो वर्षमै कालिका जेसीजले प्राप्त गरेको सफलता र समाजमा गरेको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा निरन्तर र सक्रियताका लागि शुभकामना दिनु भयो । प्रमुख अतिथी खनालले आफ्नो कार्यकाल नेपाल जेसिजको इतिहास मा सम्झना लाएक रहने कुरा ब्यक्त गरेका थिए ।

कार्यक्रममा बिशिस्ट अतिथिमा नेपाल जेसिजका कानुनी सल्लाहकार जेसि गोकुल सापकोटा, पुर्ब उपाध्यक्ष एबम नेपाली काङ्ग्रेस चितवनका सचिब जेसि उत्तम जोशि, राष्ट्रिय उपाध्यक्ष जेसि सुनिल तिमल्सिना र जेसि प्रमिशा काफ्ले कार्यक्रम मा आतिथ्यता रहेको थियो । साथै कालिका नगरपालिका वार्ड न. १,४,५,६ का वार्ड अध्यक्ष जेसिजका विभिन्न शाखाको प्रतिनिधित्व गर्दै शाखाका अध्यक्ष एबम पधाधिकारी को उपस्थित रहेको थियो ।

।
कार्यक्रम का बिच समाजको लागि स्वच्छ छबिका साथ उदाहरणिय कार्य गरेको भन्दै संस्थाले वार्ड अध्यक्ष लिला बहादुर गुरुङ ,जियन महत्व साथै समाजसेवी डा. हरि कडेल,शिव शर्मा पौडेल र सोम बहादुर खड्का लाई मान्यार्थ सदस्य प्रदान गरेको थियो । साथै बर्ष २०२० को लागि उत्कृष्ट जेसिज अवार्ड संस्था कि संस्थापक कोशाध्यक्ष जेसि पबित्रा सापकोटालाई प्रदान गरिएको थियो ।कार्यक्रम मा बोल्ने विभिन्न बक्ता हरुले बिभन्न कुराको उजागर गरेका थिए ।कार्यक्रम मा शुभकामना मन्तब्य राख्दै डा हरि कडेल ले कालिका जेसिज कालिका नगरपालिका कै उत्कृष्ट सामाजिक संस्था बन्ने कुरामा आफू बिश्वस्त रहेको ब्यक्त गरेका थिए ।

कार्यक्रम मा आफ्नो धारणा राख्दै शिव शर्मा पौडेलले जेसिज सधैं बिधिको शासन को मार्गदर्शक रहोस भन्दै शुभकामना दिएका थिए ।त्यसैगरि कार्यक्रम म सम्बोधन गर्दै वार्ड न .१ का वार्ड अध्यक्ष लिला बहादुर गुरुङ ले संस्था को आफ्नो भबन नबन्दा सम्मका लागि अस्थाइ रुपमा कार्यलय को लागि जिम्मा लिने प्रतिबद्धता जाहेर गरेका थिए भने कार्यक्रम मा सम्बोधन गर्दै वार्ड न. ५ का वडा अध्यक्ष जियन महत्व ले संस्था को लागि वडा मा रहेको सरकारी जग्गा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए भने वार्ड न. ६ का वडा अध्यक्ष बिनोद रेग्मिले आफुहरु हर कार्यमा जेसिज युबासङ्ग सहकार्य गर्न तयार रहेको बताएका थिए ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै नेपाल जेसिजका कानुनी सल्लाहकार जेसि गोकुल सापकोटा ले जेसिज सधैं बिधिको शासन मा बिश्वास गर्ने बताएका थिए ।कार्यक्रम मा सम्बोधन गर्दै बिशिस्ट अतिथी जेसि उत्तम जोशिले धमिलिएको बर्तमान राजनिती र अहिलेका पात्र ले जेसिज बाट पाठ सिक्नुपर्ने बताएका थिए । कार्यक्रम मा स्वागत मन्तव्य संस्थापक सदस्य एबम बर्ष २१ का लागि कार्यकारिणी उपाध्यक्ष जेसि मेनुका थापाले राखेकी थिइन ।शाखा अध्यक्ष हरुको प्रतिनिधित्व गर्दै मातृ शाखा बिसहजारका अध्यक्ष जेसि रेशम राज शर्मा ले आफ्नो धारणा राखेका थिए । कायत्र्रmमको सञ्चालन उपाध्यक्ष शंकर तिवारिले गरेका थिए ।

