राजनीति

झापामा यात्रुबाहक बस तोडफोड

झापा, माघ १० झापामा हतियारसहित आएका विप्लव नेकपाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै यात्रुबाहक बस ताेडफाेड गरेका छन्।

हतियारसहित आएका उनिहरूले काकडभिट्टाबाट धरानका लागि छुटेको बा४ख-८८९७ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित किराँत चोकमा रोकेर तोडफोड गरेको प्रहरीले जनाएको छ।

उनीहरूले बस रोकेर तोडफोड गर्नुका साथै बसको सिट समेत काटेको र पेट्रोल छर्किएर आगजनीकाे प्रयास समेत गरेको बसमा सवार यात्रुहरूले जानकारी दिए।

हतियारसहित समूहमा आएका युवाले बन्दका दिन बस चलाएर किन उल्लंघन गरेको भन्दै बसको सिसा फुटाइदिएको र आगजनीकाे प्रयास समेत गरेको प्रहरीले जनाएको छ।

यता घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तर, पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

पार्टी नेता धर्मेन्द्र बास्ताेला सहित पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै विप्लव नेकपाले आज नेपाल बन्दकाे घाेषणा गरेको थियोे ।