समाचार

शिवरात्री मेलामा मदिराजन्य सामाग्री खरिद बिक्रिमा निषेध

झापा मेचीनगर ५ र ८ मा रहेको पातालगंगा तथा शिवालय मन्दिर पूर्वको प्रसिद्ध धार्मीक स्थलमा पर्दछ । धार्मीक तथा पर्यटकीय स्थलको थुप्रै सम्भावना बोकेको यस धार्मीक स्थलमा शिवरात्रीको अवसर पारेर स्थानिय तथा छिमेकी राष्ट्र भारतबाट हिन्दू धर्मावलम्वीे दर्शनार्थीहरुले मेलाको अवलोकन गर्न आउने गर्दछन् ।

एक दशक अगाडी सम्म महाशिवरात्रीको अवसर पारेर सात दिने मेलाको आयोजना गरीन्थ्यो । विभिन्न स्थानबाट हजारौ भक्तजन आउने गर्थे तर अहिले व्यवस्थापन गर्न नसक्दा तीन दिन मात्र आयोजना हुदै आएको छ ।
बिगत बर्षहरुको कमिकमजोरीलाई सच्याएर मेलालाई ब्यवस्थित रुपमा सम्पन्न गर्न हामी गागी परेका छौं । स्थानिय संघ संस्था, समाजसेवी, राजनितिक दल र स्थानिय सरकार संग समन्वय गरेर फाल्गुण १९,२० र २१ गते सम्म मेला आयोजना गरेको मेला आयोजक समितिका अध्यक्ष चन्द्र बहादुर कोईरालाले हाम्रो खबरपाटी डटकम लाई जानकारी दिए ।

यस बर्ष देखी मेलालाई ब्यवस्थीत पार्नका लागि मदिरा निषेध गरेको छ । यो मेला हाम्रो ठाँउ संग जोडिएको हुनाले यस ठाउको पहिचान हो । तिस हजार बढी हिन्दू धर्मावलम्वीहरुले यस बर्ष मेलाको अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मेलामा आउने हिन्दू धर्मावलम्वीे दर्शनार्थीहरुलाई सहजताका लागि शुद्ध पिउने पानी, ब्यस्थित पार्किङ्ग, रोटेपिङ्ग, रेलगाडी, मनोरञ्जनका विभिन्न खेलहरु संगै निशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरेको समितिका सचिव प्रकाश ढुङ्गनाले बताए ।

Leave a Reply

Your email address will not be published.