काठमाडौं, पुस १ । न्युरोड टिम एनआरटीले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले हराउँदै एनआरटीले विजयी सुरुआत गरेको हो । एनआरटीलाई जिताउन सरोज तामाडले दुई गोल गरे । त्यस्तै विदेशी खेलाडीद्धय ओेन्ग्विने निकेन्ग्वे र एनडेम्बा ओवानाले एक एक गोल गरे ।

