स्वास्थ्य

बाँकेमा २१ जना कोरोनालाई पराजित गरी घर फर्किए

नेपालगञ्ज, जेठ ९ नेपालगञ्जका २१ जनाले कोरोना भाइरस संक्रमणलाई पराजित गरी शुक्रवार दिउँसो घर फर्किएका छन् ।

बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारत उनिहरुको लगातार दोस्रो रिपोर्ट पनि नगेटिभ आएपछि आज उनिहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेहरुमा ७ वर्षिय बालिकादेखि ६० वर्षका पहिलो संक्रमित समेत रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ भने ७० जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published.