समाचार

यात्रुवाहक बसको ठक्करबाट झापामा एकको मृत्यु

झापा, पुष ४ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम घर भई हाल कन्काई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुंगेल छन् । बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडको पश्चिम बस स्ट्याण्ड नजिकै ना ४ ख ६११६ नम्वरको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका ढुंगेलको उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.