खेलकुद

उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ विजयी

झापा, पुष ४ । वडा खेलकुद सिमिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ ले विजयी सुरुवात गरेको छ ।

मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा मा शुक्रबार आज भएको उद्घाटन खेलमा वडा नम्बर ८ ले वडा नम्बर १५ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ८ को जितमा शुशिल लिम्बुले दुई गोल तथा समिर कटुवालले एक गोल गरे । वडा नम्बर १५ ले एक गोल उपहार स्वरुप आत्माघाती प्राप्ता गर्यो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत दुई गोल गर्ने आयोजकका शुशिल लिम्बु म्यान अफ दी म्याच घोषित भए । उनलाई मेचीनगर ४ का वडाध्यक्ष तथा मेचीनगर खेलकुद समितिका संयोजक नविन बरालले ट्रफी प्रदान गरे ।

मेचीनगरका १५ वटा वडा खेलकुद समितिले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको सह आयोजकमा आदर्श धिमाल समाज र सेन्ट्री युवा क्लव रहेका छन् । पुष १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेता टिमले २६ हजार रुपैयाँ नगदराशी सहित ट्रफी प्राप्त गर्ने छन् ।

उद्घाटन सत्रमा प्रमुुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, विशिष्ट अतिथि उपप्रमुख मीना उप्रेती, मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमाल, मेची विद्योदय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थामी, आयोजक समितिका सल्लाहकार कुन्दन निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ईलका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डिएसपी गोविन्द बहादुर थापा, मेचीनगर कार्यपालिका सदस्य खिला मेचे, बिष्णु बराईली, छोटबहादुर राई, चन्द्र कुमार बोहोरा, आदर्श धिमाल समाजका अध्यक्ष सञ्जय धिमाल, पुर्व अध्यक्ष चित्र धिमाल, रघुनाथ धिमाल, समाजसेवी टिकाराम धमला, राजु धिमाल, सरोज मेहेरालगायतको आतिथ्यता रहेको थियो ।

वडा खेलकुद सिमिति मेचीनगर– ८ का संयोजक सन्तोष मेचेको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा सेन्ट्री युवा क्लवकी अध्यक्ष हिमा रायले स्वागत मन्तव्य र अर्जुन पोख्रेलले कार्यक्रम सञ्चालने गरेका थिए ।

प्रतियोगितामा शनिबार (भोली) को पहिलो खेल वडा नम्बर ७ र वडा नम्बर १३ बीच दिनको २ बजे तथा दोस्रो खेल वडा नम्बर ४ र वडा नम्बर १० बिच दिनको ३ः३० बजे देखि हुने आयोजक समितिका सदस्य बिकास देवकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.