खेलकुद

आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा / आयोजक झापा ११ चौंथो संस्करण झापा गोल्डकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफानलमा खेलमा हङकङ नेप्लिज एकेडेमीलाई १ – ० गोल अन्तरले पराजित गर्दै झापा ११ सेमीफाइनलमा प्रवेश गरेको छ।

डोमालाल राजवंशी रंगशालामा आयोजना भएको खेलमा झापा ११ लाई जित दिलाउन खेलको ४१ औँ मिनेटमा क्याप्टेन कर्ण लिम्बूले निर्णायक गोल गरे । आजको खेलमा म्यान अफ् द म्याच झापाका खेलाडि निसान खड्का घोषित भए । उनले नगद १५ हजार हात पारे ।

भोली हुने दोस्रो क्वाटरफानलमा खेलमा नेपाल आर्मी र सशस्त्र प्रहरी एपीएफ बीच प्रतिस्पर्धा हुनेछ । २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.