अर्थ

७० हजार घुससहित कम्प्यूटर अपरेटर पक्राउ

सर्लाही, पुष १० । सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिएको अभियोगमा एक जना कम्प्युटर अपरेटर पक्राउ परेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीबाट मलंगवा कम्प्यूटर अपरेटर नवीनकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

उद्योग दर्ता सहज गराइदिने प्रायोजनाका लागि नवीनले सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.