विविध

पृथ्वी जयन्तीको अवसरमा मेचीनगरमा सम्मान तथा दिप प्रज्वलन सम्पन्न

झापा, पुष २७ । झापाको मेचीनगर–७ स्थित ईटाभट्टा चोकमा आधुनिक नेपाल निर्माणका नायक पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसर पारेर सम्मान तथा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएको छ ।

पृथ्वी जयन्ती तथा एकता दिवस मुल आयोजक समिति ईटाभट्टाले आयोजना गरेको कार्यक्रम प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, यज्ञराज प्रसाई, मोहन भेटवाल, नारायण कोईरालालगायतले शुभकामना मन्तव्य राख्दै आधुनिक नेपाल निर्माणमा उल्लेखिय योगदान पुर्याएका पृथ्वीनारायण शाहलाई सधै सम्मान गर्नु पर्ने बताए ।

कार्यक्रममा देवकोटा पार्क व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार खरेल, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजका अग्रज व्यक्तिलगायतको आतिथ्यता रहेको थियो ।

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आयोजकले ईट्टाभट्टा क्षेत्रका २० जना जेष्ठ नागरिकलाई जाडोमा न्यानो मजेत्रो पहिर्याएर सम्मान गरेको छ । साथै सोहि क्षेत्रकी दुई जना अटो चालक महिलालाई पनि सम्मान गरेको छ ।

बिनोद बानिँयाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत गिरीराज मणी पौडेल र सञ्चालन निर बहादुर कार्की (नेत्र)ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.