झापा,माघ १६ । यहिमाघ २५ गते बाट देशव्यापि रुपमा हात्तिपाईले रोग निवारण अभियान २०७६ अन्तर्गत आम औषधी सेवन कार्यक्रम सन्चालन हुदैछ ।
यो कार्यक्रम भव्यताका साथ सम्पन्न पार्न पालिका स्तरिय योजना तर्जुमा सम्बन्धि विभिन्न कार्यक्रम धमाधम भैरहेका छन् । यसै क्रममा आज कमल गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा जनप्रतिनिधी ,कर्मचारी र दलका प्रतिनिधी र सघ संस्थाका प्रतिनिधी विच कार्यक्रम सम्पन्न भएको छ ।
यो पटक झापामा ८ लाख भन्दा वढी व्याक्तिलाई आम औषधी सेवन कार्यक्रम अन्तर्गत हात्तिपाईले रोग विरुद्धको औषधि खुवाई स्वस्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चौलागाई बताए । हात्तिपाईले रोग लामखुट्टेको टोकाई बाट सर्ने भएकोले यो औषधी २ वर्ष भन्दा मुनिका वालवालीका, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक , दिर्घ रोगि र गर्भवति महिला वाएक सवैले अनिवार्य रुपमा औषधि सेवनगर्नु पर्ने कमल गाउँपलिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले अनुरोध गरेका छन् ।
हात्तिपाईले रोग निवारण अभियानलाई सफल बनाउन कमल गाउँपालिकाले सबै जनप्रतिनिधी, स्वस्थ्य कर्मि र राजनितिदलका प्रतिनिधिलाई परिचालन गरेर कार्यक्रम सफलपार्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
आठौं पटक सम्म आम औषधी सेवन कार्यक्रम सम्पन्न भैसकेको छ । यस पटकको कार्यक्रममा झापा मा ९ लाख २० हजार ८ सय ५५ जना जनता मध्ये २ वर्ष भन्दा कम उमेरका वालवालिका, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक , दिर्घ रोगि र गर्भवति महिला वाहेक ८ लाख भन्दा बढी जनतालाई औषधी सेवन गराउन ६ सय ३१ जना स्वस्थ्यकर्मि परिचलन हुने स्वस्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चौलागाईले जानकारी दिए ।यो औषधीले कुनै प्रकारको असर गर्दैन सेवान गर्दा समान्य रिगटा लाग्नु स्वभाविक भएकोले ढुक्क संग औषधी सेवान गर्न स्वस्थ्य कार्यालय झापाले अनुरोध गरेको छ ।

