अर्थ

नागरिक मारमा; पेट्रोलियम पदार्थमा एक रुपैयाँ घट्दा, खाना पकाउने ग्यासमा भने २५ रुपैयाँले बढ्यो

काठमाडौं, माघ २१ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार (आज) देखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ ।

पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको हो । खाना पकाउने ग्यासको भाउ भने २५ रुपैयाँ बढेको छ ।

नयाँ भाउ अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११० र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ पुगेको छ ।

हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ । निगमले गत पुस १ मा डिजेर र मट्टितेलको भाउ १ रुपैयाँ बढाएको थियो ।

Leave a Reply

Your email address will not be published.