समाचार

तस्करीको सामान घर लाने इन्स्पेक्टर खनालमाथी छानविन सुरु

खगेन्द्र घिमिरे
झापा, माघ २१ ।
सञ्चारमाध्यमकै गाडी दुरुपयोग गरी लामो समय देखी अवैध बरामद गरिएका तस्करीका सामान रातारात अन्यत्र पठाउने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास खनालमाथि छानबिन सुरु भएको छ।

इन्स्पेक्टरकै सेटिङमा तस्करी मार्बल पठाउन लाग्दा खुल्यो रहस्य भन्ने शीर्षकमा झापाका अनुसन्धान खोजकर्मी खगेन्द्र घिमिरेले अनुसन्धान अनलाईन र युट्युव च्यानलबाट भिडियो प्रकाशन भएलगतै प्रदेश १ प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी निरीक्षक खनालमाथि छानबिन सुरु गरेको हो।

प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ९डिएसपी० महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा चार सदस्य छानबिन टोली गठन गरी प्रहरी निरीक्षक खनालमाथि छानबिन सुरु गरिएको हो। छानबिन समितिले प्रहरी निरीक्षक खनाललाई जिल्ला प्रहरी कार्यालय झापा बोलाएर घटनाको विषयमा अनुसन्धान गर्ने प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले आफू काम विशेष बाहिर रहेको अवस्थामा प्रहरी निरीक्षक खनालले सञ्चारमाध्यमको गाडी किन पछाडि गेटबाट भित्र छिराएको र कसको आदेशमा छिराएको भन्ने विषयमा अनुसन्धान गरिने बताए। ‘घटनाको अनुसन्धानको क्रममा प्रहरी निरीक्षक खनाल दोषी भेटिए विभागीय कारबाही हुन्छ,’ उनले भने। प्रहरीले अवैध भन्दै जफत गरेका चार कार्टुन मार्बल सञ्चारमाध्यमको को २ च १४१५ नम्बरको मारुती भ्यान प्रयोग गरी प्रहरी निरीक्षक खनालले घर पठाउनै लागेको अवस्थामा सञ्चारकर्मीले स्थलगत रिपोर्टिङ गर्दै घटना बाहिर ल्याएको हो।

लामो समय अघि बाट काँकरभिट्टामा बस्दै आएका खनालले यस बाहेक अन्य यस्ता घटना बारम्वार गर्दै आएका छन । तस्करीबाट अवैध भन्दै समातिएका बहुमूल्य सामान स्टोर रुमबाट छान्दै संचारमाध्यामको गाडी प्रयोग गरी बिराटनगर पठाउँदै आएको नाम नबताउने शर्तमा एक प्रहरीले बताए । हाल घटना बाहिर आएपछि भन्सार गरेको सामान भन्दै पन्छिन खोज्दै आएको बुझिएको छ । तर यदीँ उनी सहीँ भए संचारमाध्यामकै गाडी किन प्रयोग गरियो रु लोड गरिएको सामान फेरि पत्रकारले थाहा पाएपछि निकालेर किन रित्तो गाडी पठाइयो रु कार्यालय प्रमुख नभएको बेला किन सामान पठाउँन खोजियो रु मुल गेटबाट किन सामान लोड नगरी पछाडीको बाटो प्रयोग गरियो ? संचारमाध्यामको गाडीको किन प्रयोग गरियो रु यी र यस्ता प्रश्न गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.