झापा, माघ २१ । झापाको बिर्तामोड–२ चारपानेमा एक जनाको हत्या गरि जलाएको अवस्थामा शव फेला परेको छ ।
प्रहरीका अनुसार अधवैंशे उमेरको पुरुषको शव परालमा जलेको अवस्थामा आज बिहान फेला परेको हो । स्थानीयले बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल वरपर रगत लत्तपत्तिएकोले धारिलो हतियार प्रहार गरी हत्या गरेर जलाउन खोजिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शव जलेको र अनुहारमा चोट समेत रहेकाले मृतकको पहिचान खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीले विहानै देखि सो क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ । प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरेको छ ।

