काठमाडौं, माघ २१ । अछाममा एक वडाध्यक्ष मृत भेटिएका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामी मृत भेटिएका हुन् ।
‘अध्यक्ष मृत फेला परेको र प्रहरी लाई खबर गरी अहिले प्रहरी पनि घटना स्थलमा आइपुगेको पञ्चदेवल नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले जानकारी दिइन् । शाहीको शव पञ्चदेव नगरपालिका–२ को गैरीगाउँमा भैसी बाध्ने गोठमा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शाहीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहको वडाध्यक्षमा निर्वाचित भएका थिए ।

