कला संघ \संस्था

पर्यटन महोत्सव अाजदेखि; उद्घाटन मुख्यमन्त्री राईले गर्ने


झापा, माघ २६ । नेपालको पूर्वीद्वार मेचीनगर ६ स्थित काँकरभिट्टाको देवकोटा पार्कमा सञ्चालन हुने छैटौं एशियन ग्रामिण पर्यटन महोत्सव अाईतबार अाजबट सुरू हुदै छ । भब्य समारोहका बिच महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् ।

माघ २६ देखि फागनु १ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४८ बढी स्टल रहेको मुल आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताए । महोत्सवमा प्रदेश १ का १४ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी सांस्कृतिक र पहिचान खुल्ने स्टल तथा छिमेकी राष्ट्र भारतका १० वटा स्टाल रहेको संयोजक कार्कीले बताए।

महोत्सव सम्पन्न गर्न करिब २५ लाख खर्च अनुमान गरिएको महोत्सवका प्रबक्ता नवराज प्रधानले बताए। महोत्सवमा नेपाल, भारत र भुटानका बिभिन्न जातिय पहिचान र संस्कृतिलाई एकै ठाउँ देख्न पाईने बताए ।

नमूना महोत्सवको रुपमा सम्पन्न गर्न अायोजक लागि परेको छ । महोत्सव अवलोकन गर्न अाउने पाहुनाहरूलाई सहज बनाउन १०० बढी स्वंयसेवक परिचालन गरिने स्वंयसेवक संयोजक बालकृष्ण थापाले बताए ।

Leave a Reply

Your email address will not be published.