कला संघ \संस्था

एशियन ग्रामिण पर्यटन महोत्सवको भब्य उद्घाटन (१५ तस्वीर)


तस्वीर/ युवराज अाचार्य

झापा, माघ २६ । नेपालको पूर्वीद्वार मेचीनगर ६ स्थित काँकरभिट्टाको देवकोटा पार्कमा छैटौं एशियन ग्रामिण पर्यटन महोत्सव अाईतबार अाजबाट सुरू भएको छ । भब्य समारोहका बिच महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

माघ २६ देखि फागनु १ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन सत्रमा संविधान सभा सदस्यद्वय उशा गुरूङ्ग, मनकुमार गौतम, प्रदेश सदस्यहरू गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर प्रमुख विमल अाचार्य, उपप्रमुख मीना उप्रेती, बेलायतको फोक्साटोन सिटीकी मेयर जेकीमेड, विभिन्न राजनैतिक दलका प्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको अातिथ्यता रहेको थियो ।

छैटौं एशियन ग्रामिण पर्यटन महोत्सव मुल अायोजक समिति संयोजक अर्जुन कार्कीको अध्यक्षता अायोजित उद्घाटन शत्र सचिव भुपाल सिवाकोटी र तुलसा दङ्गालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.