झापा, माघ २६। मेची कृषक बहुमुखी सहकारी संस्थाको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम अाइतबार सम्पन्न भएको छ ।

मेचीनगर–५ स्थित संस्थको पोष्टहार्भेष्ट परिसरमा राष्ट्रय सहकारी महासंघ सदस्य तथा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा निर्वाचन समिति संयोजक धनराज भण्डारीले आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हरी बुढाथोकीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
संयोजक भण्डारीले सर्वसम्मत निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरे भने निवर्तमान अध्यक्ष तुलसीराम पौड्यालले नवनिर्वाचित अध्यक्ष बुढाथोकीलाई पद हस्तान्तरण गरे ।

१२ सदस्यीय सो समितिको उपाध्यक्षमा कुलदिप गिरी, सदस्यहरुमा रूपसागर अधिकारी, माधव अाचार्य, सुर्य अधिकारी, निरप्रसाद गौतम, टिकाराम ढकाल, टिकाराम न्यौपाने, दुर्गादेवि काफ्ले, साजना श्रेष्ठ, सुमित्रा अधिकारी रहेका छन् ।
त्यसैगरी बिष्णुलाल गिरी संयोजक रहेको लेखा समितिमा देबबहादुर खड्का र भावनाथ दाहाल सदस्य रहेका छन् ।
सो अवसरमा प्रमुख अतिथि ढकाल सहित मेचीनगर ५ का वडा अध्यक्ष योगेन थापामगर, मेचीनगर ८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, संस्थाका उपाध्यक्ष दुर्गा सापकोटालगायतले मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष तुलसीराम पौड्यालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन व्यवस्थापक दिपक काफ्लेले गरेका थिए ।

