विश्व संघ \संस्था

मेचीनगर र फोक्सटन सिटीबिच औंपचारीक रूपमा भगिनी सम्बन्ध कायम

झापा, माघ २७ । झापाको मेचीनगर नगरपालिका र बेलायतको फोक्सटन सिटीबिच औंपचारीक रूपमा भगिनी सम्बन्ध स्थापना भएको छ ।

मेचीनगर नगरपालिका कार्यालय परिसरमा सोमबार (आज) दुई नगर बिच सम्झौता कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संघिय सांसद सुरेन्द्र कार्की पार्थले गरेका थिए ।

मेचीनगरका मेयर विमल आचार्य र बेलायतको फोक्सटन सिटीकी मेयरजेकी मेडले संयुक्त रूपमा हस्ताक्षर गरी दुई नगर बिच भगिनी सम्बन्ध स्थापना गरेका हुन ।

पूर्व गोर्खा सैनिक तथा बेलायतका पहिलो नेपाली काउन्सिलर धनकिरण गुरूङ्गले मेचीनगर र फोक्सटन सिटीबिच भगिनी सम्बन्ध स्थापना गरी हस्ताक्षर समेत गराउन महत्वपूर्ण भूमिका खेल्दै नेपाल भन्दा करीब ६ हजार मायल टाढा रहेको बेलायत संग ऐतिहासीक सम्बन्ध कायम गराएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि कार्की, संविधान सभा सदस्यद्वय रविन कोइराला, उशा गुरूङ्ग, जिल्ला समन्वय अध्यक्ष सोम पोर्तेल, भद्रपुर नगर प्रमुख जिवनकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापा, फोक्सटन सिटीका प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगरका जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

मेचीनगर प्रमुख विमल आचार्य र फोक्सटन सिटीकी मेयर जेकी मेडको संयुक्त अध्यक्षतामा अायोजना भएको कार्यक्रमको स्वागत मेचीनगर उपप्रमुख मीना उप्रेती र सञ्चालन सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.