अर्थ संघ \संस्था

बौद्धमोड कृषि साकोसको साधारण सभामा सम्मान

झापा, माघ २८ । मेचीनगर २ स्थित बौद्धमोड कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । बौद्धमोड बजारमा आयोजित सभाको उद्घाटन जिल्ला सहकारी संघ झापाका सदस्य दुर्गाप्रसाद सापकोटाले गरेका थिए ।

संस्थाको ११अौं साधारणसभाका अतिथिहरू

सभाको खुल्ला सत्रमा प्रमुख अतिथि सापकोटा, सिद्धी खोला जल उपभोक्ता समिति अध्यक्ष नीलकण्ठ तिवारी, मेचीनगर मूल कृषक समूहका अध्यक्ष पूर्णबहादुर खड्का, कृष्ण थुम्की कृषि साकोसका अध्यक्ष हिम्मत क्षेत्री, प्रेरणा कृषि साकोसका अध्यक्ष बद्री निरौला, पानस कृषि साकोसका अध्यक्ष महेन्द्र मल्ललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सापकोटा

संस्थाका अध्यक्ष नरेन्द्र काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सभाको उद्घाटन सत्रमा लेखा समिति संयोजक पोषककुमार दर्जीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा सहभागी सदस्यहरू

साधारण सभाको सन्दर्भ पारेर संस्थाले विभिन्न विधामा ११ जनालाई सम्मान पत्रसहित सम्मान गरेको छ ।

त्यसक्रममा २०७५ सालको एसइई परीक्षामा संस्था परिवारमध्येबाट सामुदायिक विद्यालयतर्फ उत्कृष्ट स्थान हाँसिल गर्ने बिविशा ढकाल सम्मानित भईन् ।
त्यस्तै, ज्येष्ठ नागरिकतर्फ होमप्रसाद ढुंगाना र दुर्गामाया तामाङ, नियमित बचततर्फ हुमा बाँस्तोला र हेमा देउजा, असल ऋणीतर्फ लक्ष्मीप्रसाद गौतम र तुलसाकुमारी प्रधान तथा उत्कृष्ट कृषक र प्राविधिकतर्फ सन्तोष खड्का र चूडामणि मगरलाई सम्मान गरियो ।

त्यसैगरी, संस्थाबाट विदाई भएका कर्मचारीहरु डम्बरमाया साँवा र सुस्मिता अधिकारी सम्मानित भए ।

संस्थाका अध्यक्ष नरेन्द्र काफ्लेको अध्यक्षतामा भएको सभामा स्वागत सदस्य गौरा तामाङ र सञ्चालन व्यवस्थापक हेमन्त मोक्तानले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.