खेलकुद

सिटीद्वारा लिभरपुल ४-१ गोल अन्तरले पराजित

काठमाडौं, माघ २६ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक बिजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ ।

आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको छ।

लिभरपुलको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई गोल गरे । रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

जितसंगै सिटीले २२ खेलमा ५० अंक जोडेको छ । शीर्ष स्थानको सिटीले उपाधि होड समेत बलियो बनाएको छ ।

उसले म्यानचेस्टर युनाईटेडविरुद्ध ५ अंकको अग्रतासमेत बनाएको छ ।

लिभरपुलले भने २३ खेलमा ४० अंक जोडेको छ । चौथो स्थानको लिभरपुल सिटी भन्दा १० अंकले पछि रहेको छ ।