खेलकुद

एसी मिलान शीर्ष स्थानमा

काठमाडौं, माघ २६ । एसी मिलान शीर्ष स्थानमा पुगेको छ । आइतबार राति भएको खेलमा क्रोटोनलाई ४-० गोल अन्तरले पराजित गर्दै मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिकले दुईदुई गोल गरे ।

जितसंगै मिलानले २१ खेलमा ४९ अंक जोडेको छ । मिलानले इन्टर मिलानलाई २ अंकले पछि पारेको छ । इन्टरले ४७ अंक रहेको छ । क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।