बाहुण्डाँगी । बुटवल लेडी जेसीजको २५औं पद हस्तान्तरण तथा सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
२०२० की अध्यक्ष कल्पना कुसुम पाण्डेले २०२१ की अध्यक्ष शर्मिला रानालाई आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण सहित सपथ ग्रहण गराएकी थिइन् । साथै नवनिर्वाचित अध्यक्ष रानाले आफ्नो २०२१ को टिमलाई मनोनित गरी सपथ ग्रहण गराइन ।

विदाइ मन्तव्य राख्दै अध्यक्ष कल्पना कुसुमले आफ्नो कार्यकाललाई सफल बनाउन साथ दिने सबै पूर्व अध्यक्ष, बोर्डका सदस्य, तथा संघ संस्थालाई धन्यवाद दिइन् । साथै उनले सबैको सहयोग र साथका कारण वर्षकै उत्कृष्ट तथा राष्टिय उपाध्यक्ष बन्न सफल भएको स्मरण गर्दै यो साथ र सहयोगलाई कहिलै नविर्सने बताइन् । सोही समारोहमा एक वर्ष भरी विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

अध्यक्ष पाण्डेको सभापतित्व तथा नारीहरुको प्रेरणाको श्रोत सामाजिक अभियन्ता इन्दिरा रानाको प्रमुख आतिथ्यता सम्पन्न समारोहमा कानुन साकोसका संस्थापक अध्यक्ष, गुल्मेली सम्पर्क समाजका अध्यक्ष ई. हिरा बहादुर भलामी, इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रतीत सिंह राठौर को विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मातृ शाखाका अध्यक्ष गोपाल चापागाईं , शाखाकी संस्थापक अध्यक्ष रेखा कट्टेल र विशिष्ट अतिथि ई. हिरा बहादुर भलामीको शुभकामना मन्तब्य रहेको थियोे ।

समारोहमा उपस्थित पूर्व अध्यक्षहरु, पूर्व राष्ट्रिय पदाधिकारीहरु , छिमेकी शाखा तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु , बोर्डका पदाधिकारीको बाक्लो सहभागिता रहेको थियो ।

२०२० की महासचिव अनुपमा श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सन्चालन बुटवल लेडी जेसीज २०२० की निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त लक्ष्मी थापाले गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा सहभागिलाई २०२१ की महासचिव कमला लम्सालले धन्यवाद व्यक्त गरेकी थिइन् । स्मरण रहोस नेपाल जेसीजबाट २०२० को उत्कृष्ट शाखा अध्यक्ष अवार्ड पाएको यस शाखाकी अध्यक्ष २०२१ का लागि सर्वाधिक दोस्रो बढी मत ल्याउँदै राष्टिय उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।













