विविध

मेचीनगरमा खुल्यो जोरसिमल खाजा घर

मेचीनगर, माघ २६ । झापाको मेचीनगर–८ स्थित जोरसिमलमा ‘खाजा खाने ग्राहकलाई लक्षित गरी जोरसिमल खाजा घर’ सञ्चालनमा आएको छ । सामाजिक अभियान्ताका रुपमा चिनिएका गणेशकुमार खरेलले होटल सञ्चालनमा ल्याएका हुन् । जोरसिमल हाइवेबाट करिब तीन सय मिटर उत्तरमा होटल अवस्थित छ । शान्त वातावरणमा सबै प्रकारका खाजाका परिकार होटलमा उपलब्ध रहेको सञ्चालक खरेलले बताए । Read More…

स्वास्थ्य

आजदेखि दोस्रो चरणको खोप अभियान, पत्रकार र कुटनीतिज्ञलाई लगाइँदै

काठमाडौं, माघ २६ । नेपालमा आज दोस्रो चरणको कोरोनाविरूद्धको खोप अभियान सुरू हुँदैछ । दोस्रो चरणमा सरकारले पत्रकार र कूटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीहरुलाई लगाउन थालिनेछ । उपत्यकाका चारवटा अस्पतालबाट कूटनीतिक नियोग र संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारसहित भण्डै १९ हजारलाई कोरोना खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । महाराजगञ्ज शिक्षण अस्पताल, गंगालाल Read More…

समाचार

प्रतिनिधिसभा विघटन: छिटो बहस सक्न प्रधानन्यायाधीशको निर्देशन !

काठमाडौं, माघ २६ । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस माघ महिनाभित्रै सक्ने तयारी गरेको छ । शुरुवातमा अधिवक्ताहरुले बहसका लागि लामो समय लिन थालेपछि इजलासले विस्तारै समय कटौती गरेको थियो । आइतवार भने इजलासमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले यसै साता बहस सक्नुपर्ने बताएका छन् । सरकारका तर्फबाट इजलाससमक्ष बहसका लागि अधिवक्ता रमेश बडाल उपस्थित Read More…

खेलकुद

सिटीद्वारा लिभरपुल ४-१ गोल अन्तरले पराजित

काठमाडौं, माघ २६ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक बिजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको छ। लिभरपुलको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई गोल गरे । रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक एक गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए Read More…

खेलकुद

एसी मिलान शीर्ष स्थानमा

काठमाडौं, माघ २६ । एसी मिलान शीर्ष स्थानमा पुगेको छ । आइतबार राति भएको खेलमा क्रोटोनलाई ४-० गोल अन्तरले पराजित गर्दै मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिकले दुईदुई गोल गरे । जितसंगै मिलानले २१ खेलमा ४९ अंक जोडेको छ Read More…